योगेन्द्र यादव, प्रदेश २ सरकारका राज्यमन्त्री हुन्। पछिल्लो समय उनी सत्तारुढ दल नेकपा एमालेप्रति आक्रामक देखिन्छन्। केन्द्र सरकारको आलोचना गर्नु उनको दिनचर्याजस्तै बनेको छ। यसैविच एमालेको भ्रातृ संघठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् प्रदेश २ का ईञ्चार्ज सञ्जिव कुमार झा सुरजले यादवबारे खुलाशा गरेका छन्।
राज्यमन्त्री यादवले केहि वर्ष पहिले मधेशका दुई युवालाई प्रहरीमा जागीर लगाईदिने आश्वासन दिएर रकम असुली गरेको उपाध्यक्ष सुरजले दावी गरे। ‘यो कुरा सोह्रै आना सही हो,’ यादवमाथी लगाइएको आरोपबारे सुरजले नेपाली पब्लिकसँग भने, ‘उनले पैसा उठाएकै हुन्।’ रकम असुली गरेपछी यादव एमाले सांसद महेश बस्नेतकहाँ पुगेको उनले बताए।
‘मधेसको साथीले भनेको सोचेर भावनात्मक भएर जोडदार रुपले महेश बस्नेतज्युले सिफारिस गरीदिनुभयो र दुबैको छनौट पनि भयो,’ सुरजले भने, ‘त्यस्को केही दिनपछि योगेन्द्र यादब खाममा पैसा लिएर महेश बस्नेत कहाँ पुगे र खाम दिन खोजे।’ सो रकम ती दुई युवकलाई जागीर लगाईदिए वापत यादवले असुली गरेको पैसा भन्ने थाहा पाएपछी बस्नेतले यादवलाई झपारेको सुरजले बताए।