न पुर्णरुपमा फुट्न सकिरहेको छ, न पुर्ण रुपमा जुट्न्। नेकपा एमालेभित्रको बिवाद ढुलमुल–ढुलमुल मै चलिरहेको छ। कतिपय अवस्थामा आजै फुट्यो, अहिल्यै फुट्योसम्म भइसक्दा पनि एमालेभित्रको केपी शर्मा ओली र माधव कुमार नेपाल–झलनाथ समुह विधिवत् रुपमा छुट्टीन सकेका छैनन्। कहिले फुट्ला–फुट्ला र कहिले जुट्ला–जुट्लाजस्तो मात्र भइरहेको छ।
यसैविच माधव कुमार नेपालले एमालेको भ्रातृ संगठनका आफुँनिकट पधाधिकारीहरुसँग भर्चुअल छलफल गरेका छन्। छलफलका क्रममा नेपालमाथी पार्टी फुटाउन दबाव दिइएको छ। छलफलमा सहभागी केहि पदाधिकारीहरुले सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टको भुमिकाप्रति आपत्ती समेत प्रकट गरे। यीनै नेताहरुका कारण माधव–झलनाथ समुह कमजोर बनेको उनीहरुले बताए। नेकपा एमालेको एकता जोगाउन उनीहरुले गरिरहेको प्रयासमा प्रश्नचिन्ह लगाइएको हो।
पार्टी विभाजनकाे संघारमा पुगेपछि आपसी विवाद मिलाउन यी नेताहरू अनौपचारिक रुपमा सक्रिय भएका छन्। केहीदिन यता संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र नेपा पक्षबाट सुुरेन्द्र पाण्डे, भट्टराई र गोकर्णराज विष्टबीच निरन्तर एकताको गृहकार्य भइरहेको छ। उहाँहरुमध्ये भट्टराईबाहेक सबै विवाद मिलाउने कार्यदलका सदस्य हुन।
पार्टीको विवाद मिलाउन अध्यक्ष ओली र नेता नेपालबीचको गत वैशाख ३० र जेठ २ गतेको भेटवार्ता र सहमतिका आधारमा १० सदस्यीय कार्यदलले छलफल शुरु गर्न थालेका बेला सरकार गठनको नयाँ प्रक्रिया आरम्भ हुँदा यही जेठ ७ गते प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न पुगेका नेता नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जनालाई यही जेठ १० गतेको पार्टीको स्थायी कमिटीको बैठकले साधारणा सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो।
सोही बैठकले घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित थप १२ जना नेतालाई स्पष्टीकरण सोधेकामा कुनै जवाफ आएको छैन भने त्यसलाई बैठकमा निर्णयार्थ प्रस्तुत पनि गरिएको छैन। विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र सर्वाेच्च अदालतमा दिइएको रिट निवेदनमा सहभागिता नहुने तथा पार्टीमा फर्कने शर्तमा पार्टीलाई २०७५ जेठ २ कै स्थितिको साङ्गठनिक संरचनाका आधारमा अघि बढाउन संस्थापन पक्ष लचिलो भएको छ।
एमालेको गत फागुन २८ र चैत ६ गतेकोे केन्द्रीय कमिटीको बैठकले पार्टीका पार्टीका पदाधिकारीमा अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी नरहने तथा केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो भने माओवादी केन्द्रबाट आएका नेता रामबहादुर थापा ‘बादल’ लगायतलाई जिम्मेवारी दिएको थियो।