प्रधानमन्त्री केपी शर्मा ओलीलले विश्वासको मत लिने भएका छन्। यहि बैसाख २७ गते नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले विश्वासको मत लिने तयारीमा रहेको एक मन्त्रीले जानकारी दिए।
बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिष बैठकमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी गराएको ती मनत्रीले बताए। सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएका थिए।
प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत दल मिलेर सरकारबिरुद्द अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य भइरहेको बेलामा प्रधानमन्त्रीले यस्तो निर्णय लिएका हुन्।