आफुँमाथी परेको अविश्वास प्रस्तावमाथि छलफल हुनुअगावै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। पोखरेलको राजिनामा प्रदेश प्रमुख धर्मनाथ यादवबाट स्विकृत समेत भइसकेको छ।
मुख्यमन्त्रीमाथी परेको अविश्वासको प्रस्तावउपर भोलीसोमबार मतदान हुने तालिका थियो, पोखरेलले आइतबार बिहा नै राजिनामा दिएका हुन्। नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको सरकारनिकट श्रोतले जानकारी दिएको छ।
यद्दपी अर्को सरकार नबन्दासम्म पोखरेलले नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न समेत प्रदेश प्रमुखले जिम्मेवारी दिएका छन्।
लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो। शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो ।