काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । उनले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरेकी हुन् ।
रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री बनाइएको छ भने प्रधानमन्त्रीले आफैँसँग रक्षा मन्त्रालय राखेका छन् । डा. युवराज खतिवडाको राजीनामा पछि रिक्त अर्थ मन्त्रालयको जिम्मेवारी विष्णुप्रसाद पौडेललाई दिइएको छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ ।
