काठमाडौं– नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको २१ राजनीतिक संगठनहरुले विरोध गरेका छन् । २१ वटा विभिन्न राजनीतिक संगठनको संयुक्त बैठक बसेर नेकपामाथि लगाएको प्रतिबन्ध यथाशिग्र हटाउनु पर्ने माग गरेका छन् । संगठनको संयुक्त बैठकबाट संघर्षका कार्यक्रम पनि घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनको पक्षमा लामबद्ध हुँदै गएको पाइएको छ । यसका निमित्त फेरि अर्को जनआन्दोलनको आवश्यकता रहको संगठनले निस्कर्ष निकालेको छ ।
बैठक पछि नेकपा (क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलद्धा हस्ताक्षर गरेको विज्ञप्ती जारी गदै संगठनले असोज २९ गते १ बजे माइतिघरमण्डलामा विरोध प्रर्दशन गर्ने जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘एम.सी.सी.को खारेजी, नेपालको वास्तविक नक्सा अनुसारको भूभाग हाँसिल गर्ने र भारतद्वारा गरिएका अतिक्रमणको विरोध, कोभिड–१९मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाहीको माग गर्दछौ ।’
अगाडी भनिएको छ, ‘केन्द्रमा भएका समझदारी र स्थानीय समस्याहरुलाई समावेश गरी कार्यगर्त कताको आह्वानमा स्थानीय स्तरमा पनि संघर्ष अघि बढाउनु । ’
संगठनले नेपालमा विद्यमान सरकार र राज्यव्यवस्थाको समेत विकल्पको खोजी भइरहेको भएकाले आत्मगत शक्तिको तयारी गर्दै एउटा भरपर्दो विकल्प प्रस्तुत गर्ने काममा सक्रियतापूर्वक लाग्न सबैसँग अनुरोध र अपिल गरेको विज्ञप्तीमा जनाएको छ ।
कार्यगत एकतामा आवद्ध सङ्गठनहरु :
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा,नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल) र २१. ने.क.पा. (माओवादी) ।
