काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धयबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।
दुई अध्यक्ष बीच आजको भेटवार्तामा पार्टी एकताको बाँकी काम पुरा गर्ने विषयमा छलफल हुने स्रोतले बताएको छ । पार्टी भित्र मन्त्रीमण्डल हेरेफेर गर्ने भनिए पनि अध्यक्षहरुको कुरा नमिल्दा पुर्नगठन हुन सकेको छैन ।
यस अघि बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङग्याउने जिम्मा अध्यक्षद्धयलाई दिएको थियो तर आजसम्म उक्त काम पुरा भएको छैन । नेकपाका भातृसंगठहरुले पनि पूर्णता पाउन सकेको छैनन् ।
त्यस्तै नेकपाको आन्तरिक कलहले लामोसमय देखि रिक्त रहेको सूचना तथा प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय तथा अर्थमन्त्रालय मन्त्री विहिन रहेका छन् ।