काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थितिको बारे सार्वजनिक गरि आइसोलनमा बस्नु पर्ने नपर्ने सरकारले औपचारिक जानकारी दिनु पर्ने बताएका छन् ।
राणाले सोमबार ‘प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो,’ भएको कुरा ट्वीट मार्फत बताएका छन् । प्रधानमन्त्रीको सहयोगी र सल्लाहकारहरूमा कोरोना संक्रमण भएपछि राणाले सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे
जनतालाई सुुसूचित गर्ने विश्वव्यापी प्रचलन भएको बताएका छन् ।
गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण भएको थियो ।