काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक भोलि बस्ने भएको छ ।
बैठक भोलि दिउँसो ४ बजे बस्ने बताइएको छ । आज बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफलपछि बैठक बस्ने सल्लाह भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
बिहीबार बसेको मन्त्रीपरिषदले पार्टीमा छलफल नै नगरि मुख्य सचिव र तीन जना राजदूतमा सिफारिस गरेपछि नेकपामा पुन विवाद सुरु भएको छ । भोलिको बैठकमा राजदूत र मुख्य सचिवको सिफारिसको विषयमा छलफल हुनेछ ।