काठमाडौं - आफ्ना पूर्व अध्यक्ष पुष्पकमल दाहाललाई जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता बाबुराम भट्टराईले आफु त महादेव उत्तानो टाँग, कसलाई दिने बर ! भनेर जवाफ फर्काएका छन् ।
उनले आफ्नो ट्वीटरबाट यो कुरा बताएका हुन् । बिहीबार नेकपाको पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले अब सबै कम्युनिस्टहरुको एउटै पार्टी हुनुपर्ने बताएका थिए ।
यसका लागि प्रचण्डले आफ्ना पूर्व नेताहरु बाबुराम लगायत नेता मोहन वैद्य ‘किरण’ र नेत्र विक्रम चन्द ‘विप्लव’लाई नेकपामा आउनको लागि आग्रह गरेका थिए ।