काठमाडौँ, ३ फागुन – नेपाली कांग्रेसले विधानमा देखिएको विमतिको टुंगो लगाउन केन्द्रीय समिति बैठक नै स्थगित गरेको छ। सभापति शेरबहादुर देउवाले विधानको पूर्णताका विषयमा नेताहरुबीच सहमति खोज्न भन्दै फागुन ९ गतेसम्म लागि बैठक स्थगित गरेका छन्।
गत ८ पुसमा महासमिति बैठकले विधानलाई पारित गरेको थियो। विधानमा आवश्यक परिमार्जन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिले पाएको छ। केन्द्रीय समितिले विधान परिमार्जन गरेर अन्तीम रुप दिएपछि मात्रै कांग्रेसले संघीय अध्यासमा आफूलाई रुपान्तरण गर्ने बाटो पाउने छ।
सभापति देउवाले अझ विवाद बढ्ने देखेर पार्टीको जारी केन्द्रीय समितिको बैठक स्थगित गरेर पौडर–सिटौला समूहलाई फकाउँनेमा जुटेको छन् । यो समाचार राजधानी दैनिकले छापेको छ।