काठमाडौं– नेपालमा आज २ सय १३ कोराेना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो चौबिस घन्टाको अवधिमा २ सय १३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । हालसम्म नेपालमा ११ हजार २ सय ४९ डिस्चार्ज भएका छन् ।
नेपालमा कोराेना संक्रमित निको हुने प्रतिशत ६४.८५ रहेको छ ।