काठमाडौं, २ फागुन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएपनि खासै उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन्।
कांग्रेस प्रवक्ता शर्माले सरकार सञ्चालनको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रबासीलाई सम्बोधन गरेलगत्तै सरकारका काम–कारवाहीमाथि कटाक्ष गरेका हुन्।
शर्माले ओली सरकारको एक वर्षबारे ट्वीटमार्फत भनेका छन्, ‘चार ठेकी मोही, तीन थोपा घ्यू।’
प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रबासीका नाम सम्बोधन गर्दै सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेका छन्।