काठमाडाैं– लकडाउनको बिषयमा छलफल गर्न आज(बिहिबार) मन्त्रीपरिषद बैठक बस्ने भएको छ। लगातार लकडाउनको कारण जनतालाई समस्या पर्न थालेपछि दिउँसो अपराह्र ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बैठक बोलाइएको हो।
कोरोना भाइरस (कोभिड–१९) को २ जना संक्रमित भेटिएपछि नेपाल सरकारले माहामारीको जोखिम रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लकडाउन गरेदेखि सर्वसाधरणको जनजिवन अस्तव्यस्त बनेको छ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञहरुसँग पनि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गरेका थिए।
उद्योगी व्यवसायीलाई सरकारले कर तिर्न ताकेता गरिरहेकाले बाध्य भएर सामाजिक दूरी कायम राखी देशभरका पसल खोल्न दिइने नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले निर्णयसमेत गरिसकेको छ।