काठमाडौँ, २ फागुन – नेकपाका अध्यक्षद्वयले सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टीलाई विभाजन गर्ने अनेक प्रयास भइरहेको बताएका छन्। बुधबार अलग–अलग कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीभित्र समस्या निम्त्याउन थामिनसक्नु प्रयास भइरहेको पनि औंल्याए।
भेनेजुएला प्रकरण, संक्रमणकालीन न्यायको मुद्दा, संघीयता कार्यान्वयन, पार्टी एकतामा भएको ढिलाइलगायतका विषयमा दुई अध्यक्षका बीचमा पछिल्लो पटक असमझदारी बढेको समाचार आइरहँदा दुवै अध्यक्षले नेकपामा समस्या पैदा गर्ने प्रयास भइरहेको बताए।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राष्ट्रियसभा गृहमा ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम घोषणा सभा’ मा र अर्का अध्यक्ष दाहालले पार्टी कार्यालय धुम्वराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका सहिदको सम्झना’ मा आयोजित कार्यक्रममा त्यस्तो टिप्प्णी गरेका हुन्। धुम्बाराहीको कार्यक्रममा प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालको उपस्थिति रहेको थिएन। यो समाचार अन्नपूर्ण दैनिकले छापेको छ।