सरकारले कोरोना भाइरस(कोभिड–१९)को रोकथामको लागि गरेकाे लकडाउनका कारण शहर तथा बाटोमा अलपत्र परेकाहरुको बारेका निर्णय लिने तयारी गरेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा उनीहरुलाई गन्तव्यसम्म र्पुयाउने वा खाने बस्नेको व्यवस्था मिलाउने भन्ने बारेमा छलफल भएको हो।
तर निर्णय गर्नु अघि प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल भइरहेको छ। छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि सरकारी निवास बालुवाटारमा बोलाएका छन्।
स्रोतकाअनुसार सरकारले घर जान दिने घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वयमा गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ। प्रधानमन्त्री ओलीसँगको छलफलपछि निर्णय सार्वजनिक गरिने बताइएको छ।