एजेन्सी– इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै नकआउट भएको छ। बुधबार राति दोस्रो लेगमा घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३–२ ले पराजित हुँदै साविक विजेता प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो।
लिभरपुल समग्रमा ४–२ ले पराजित भएको हो। लिभरपुलले पहिलो लेग १–० ले गुमाएको थियो। लिभरपुललाई नकआउट गर्न मार्कस लोरेन्टे दुई तथा अल्भेरो मोराटाले गोल गरे। लिभरपुलका जर्जिन्हो विज्नल्डम र रोवर्टाे फिर्मिनोले गोल गरेपनि हार टार्न सकेन।
प्रतिस्पर्धात्मक खेलको ४३औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनको पासमा विज्नल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउदा खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसपछि निर्धारित समयमा दुवै तर्फबाट गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयमा लिभरपुलका रोवर्टाे फिर्मिन्होले गोल गरेपनि त्यसपछि घरेलु मैदानमा लिभरपुल निरिह बन्दा एट्लेटिकोले तीन गोल गर्दै लिभरपुललाई स्तब्ध बनायो। लिभरपुलका दोस्रो रोजाइका गोलरक्षक एड्रियनको खेल निकै नै फितलो रह्यो।
९४औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलाई खेलमा अग्रता दिलाएको थियो। ९७औं मिनेटमा मार्कस लोरेन्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। अतिरिक्त समयको पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको अघिल्लो चरण पुग्ने यात्राको सम्भावना सकिदा एट्लेटिकोले खेललाई २–२ गोलको बराबरीमा ल्याउदा समग्रमा ३–२ को अग्रता लिन सफल भएको थियो।
अतिरिक्त समयको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा अल्भेरो मोराटाले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा ३–२ को लज्जास्पद हार चखायो।