एजेन्सी– आइसीसी महिला विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा अस्ट्रेलियाले भारतलाई उपाधिको लागि १ सय ८५ रनको चुनौति दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनायो। उसको लागि एलिसा हेलीले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ७५ रन बनाइन्। त्यसक्रममा उनले ७ चौका र ५ छक्का प्रहार गरिन्।
त्यस्तै बेथ मुनिले सनसनीपूर्ण प्रदर्शन गर्दै ५४ बलमा अविजित ७८ रन बनाइन्। त्यसक्रममा मुनिले १० चाैका हानिन्। कप्तान मेग् ल्यान्नीङले १६ रनकाे याेगदान दिँइन्।
बलिङतर्फ भारतकी दीप्ती शर्माले ४ ओभरमा ३८ रन दिँदै २ विकेट लिइन् भने पुनम यादव र राधा यादवले समान एक एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा इंल्याण्ड र भारतबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो। समुह चरणमा इंल्याण्डको भन्दा बढी अंक भएको कारण भारतले फाइनलमा स्थान बनाएको थियो। दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई डिएल मेथोडबाट ५ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
भारत पहिलोपटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ भने अस्ट्रेलिया घरेलु दर्शकमाझ भारतलाई स्तब्ध पार्दै उपाधि रक्षा गर्ने सोचमा छ।