एजेन्सी– आइसीसी महिला विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आइतबार भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुई टोलीबीचको उपाधि भिडन्त नेपाली समयअनुसार १२ः४५ बजे सुरु हुनेछ।
पहिलो सेमिफाइनलमा इंल्याण्ड र भारतबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो। समुह चरणमा इंल्याण्डको भन्दा बढी अंक भएको कारण भारतले फाइनलमा स्थान बनाएको थियो। दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई डिएल मेथोडबाट ५ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
उत्कृष्ट लयमा रहेका दुबै टिमबीचको खेल प्रतिस्पर्धात्मक तथा रोमाञ्चक हुनेछ। भारत पहिलोपटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ भने अष्ट्रेलिया घरेलु दर्शकमाझ भारतलाई स्तब्ध पार्दै उपाधि रक्षा गर्ने सोचमा छ।