एजेन्सी– बिहीबार राति भएको खेलमा डर्वी काउन्टीमाथि ३–० काे जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्याचेस्टरको सहज जितमा ओडिन इगहलोले दुई तथा लुका साले एक गोल गरे।
खेलको सुरुवातदेखि नै घरेलु टोलीविरुद्ध बल पोजेसनमा पकड जमाएको म्यानचेस्टरले खेलको ३३ औं मिनेटमा अग्रता लिन सफल भएको थियो। लुका साले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।
४२ औं मिनेटमा इगहलोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। ७० औं मिनेटमा इगहलोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै म्यानचेस्टरलाई ३–० को सहज जित दिलाए।
अब म्यानचेस्टरले क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ। नर्विचले बुधबार राति टोटेनहम हस्टपरलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गरेको थियो।
क्वाटरफाइनलमा लेस्टर सिटी र चेल्सी, न्यु क्यासल र म्यानचेस्टर सिटी तथा सेफिल्ड युनाइटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । क्वाटरफाइनल खेल २१ मार्चमा हुनेछ।
प्रिमियर लिग प्रतिद्वन्दी
लेस्टरविरुद्ध चेल्सी
न्यु क्यासलविरुद्ध म्यानचेस्टर सिटी
नर्विचविरुद्ध म्यानचेस्टर युनाइटेड
सेफिल्डविरुद्ध आर्सनल