काठमाडौँ, १ फागुन - ‘राष्ट्रिय सुरक्षा नीति’ संशोधनका लागि गठित उच्च स्तरीय समितिले सञ्चार माध्यमलाई नियन्त्रण गर्ने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ।
संशोधित मस्यौदामा राष्ट्रिय सुरक्षाको प्रतिकुल सूचना प्रसारण तथा प्रकाशन गर्ने व्यक्ति, सञ्चार माध्यमलाई नियन्त्ररण गरिने छ। राजनीतिक स्थायीतव सुनिश्चित गरिने छ। असमान सन्धि खारेज गरिने छ। सिमा विवाद अन्त्य गरेर नेपालको आधिकारिक नक्सा जारी गरिने छ। समृद्ध नेपाल र सुखि नेपालीको मुल मन्त्रमा जोड दिईने छ। राजनीतिक अस्थिरता सिर्जना गर्न खोज्नेहरुलाई निरुत्साहित गरिने छ जस्ता प्रावधानहरु राखिएको छ।
उप–प्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्च स्तरीय ‘राष्ट्रिय सुरक्षा नीति’ संशोधन समितिको सदस्यमा प्रधान सेनापति पूर्णचन्द्र थाप, रक्षा सचिव विष्णु लम्साल, पूर्व रथी वालानन्द शर्मा, पूर्व उपरथी पूर्ण सिलवाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, पूर्व महान्यायाधीवक्ता हरी फुयाँल र पूर्व सांसद एवम् राष्ट्रपतिका सल्लाहकार लालबाबु यादव रहेका छन्। यो समाचार नयाँ पत्रिकाले छापेको छ।