काठमाडाैं– कोरोना भाइरसको कारण आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अनिश्चित समयको लागि स्थगित गरिएकाे छ।
चैत १ देखि १५ गते सम्म हुने भनिएकाे इपिएल स्थगित गरिएकाे इपिएलका प्रमुख अमिर अख्तरले एक कार्यक्रम गर्दै जानकारी दिएका हुन्।
अख्तरले सम्बन्धित सबै पक्षसँग कुरा गरेर उक्त कठिन निर्णय लिएकाे र आगमी दिनमा कोरोना र नेपाली क्रिकेट टोलीको कार्यतालिका हेरेर इपीएल नयाँ मिति तय गरिने बताएका छन्।
