काठमाडौँ, १ फागुन – संघीय सरकारले संसद्ममा ल्याएको विधेयक प्रहरीसम्बन्धि मर्म र संघीयताविरोधी भएको भन्दै सत्तापक्षक सांसदरुले विरोध गरेका छन्। विधेयक संविधानको मर्म र संघीयता बिरोधि छ। प्रदेश सरकारलाई निकम्मा बनाउने र प्रदेश सरकारभन्दा माथि प्रमुख जिल्ला अधिकारीलाई राखेर अधिकार दिएको सत्तापक्ष सांसदको आरोप छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बोल्दै पूर्व गृहमन्त्री एवम् नेकपाका सांसद जनार्दन शर्माले बिरोध जनाएका छन्। शर्माले भने,‘सिडिओ’ प्रदेश सरकारभन्दा माथि हुन सक्दैन। यो विधेयक संघीयताको भावना विपरित छ।’
त्यस्तै संघीय समाजवादी फोरमका सांसद प्रदिव यादवले संघीयता समाप्त पार्ने, सिडिओलाई छोटेराजा बनाउने र मुख्यमन्त्रीलाई दास बनाउने गरी यो विधेयक ल्याएको आरोप लगाएका छन्। यादवले भने,‘सिडिओलाई दिने भनिएको अधिकार गैर संवैधानिक हो। त्यसैले यो विधेयक फिर्ता लिनुपर्छ ।’ यो समाचार कान्तिपुरले छापेको छ।