काठमाडौँ, १ फागुन – नेपालमै इन्सास र एम - १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकृत गरेको छ।
गोलीगठ्ठा तथा विष्फोटक पदार्थमा उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम–१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्तावलाइ भारतले ठाडै अस्वीकृत गरिदिएको छ।
नेपालले भारतबाटै गोली गठ्ठा किनोस भनेर भन्ने राणनीतिका साथ नेपालमै उत्पादन गर्नुपर्ने प्रस्तावलाई अस्वीकृत गरेको हो। यो समाचार आजको कारोबार दैनिकले छापेको छ।