काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक विदाइ गरिएको छ। थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन च्याम्पियनसीप खेल्न जाने टोेलीको बुधबार एक कार्यक्रम गर्दै विदाइ गरिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) का सदस्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाललयागतले जितको शुभकामनासहित नेपाली टोलीको विदाइ गरेका हुन्।
उपाधि जित्ने लक्ष्य लिएको नेपालले एक साता बढी प्रशिक्षण गरेको थियो। नेपाली टिमको प्रशिक्षकमा जगत तमाटा रहेका छन्। उनले टोलीले उपाधि हात पार्नेमा आफू विश्वस्त भएको जनाएका छन्।