एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले टेष्ट खेलाडीको नयाँ वरियाता सार्वजनिक गरेको छ। नयाँ वरियतामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली एक स्थान तल खस्किएका छन्।
वरियताको शीर्षस्थानमा अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ रहेका छन्। स्मिथ अघिल्लो वरियतमाभन्दा एक स्थान माथि उक्लिँदै टेष्ट वरियताको नम्बर वान खेलाडी बनेका हुन्।
स्मिथले ९ सय ११ अंक पाएका छन् भने कोहलीले ९ सय ६ अंक पाएका छन्। वरियताको तेस्रो स्थानमा न्युजिल्याण्डका कप्तान केन विलियमसन् रहेका छन्। उनले पनि एक स्थान सुधार गरेका हुन्।
त्यसैगरी वरियताको चौथो नम्बरमा मर्नुस् लबुस्चाग्ने तथा पाँचौ नम्बरमा बार्बर आजाम रहेका छन् भने छैटौं स्थानमा डेविड वार्नर छन्।
