काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा अलराउण्डर पारस खड्का महिन्द्राको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले ब्रान्ड एम्बेसडर घोषणा गरेकाे हाे।
अग्नि ग्रुपले उनलाई एक्सयूभी ३०० गाडी दिएकाे छ। पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० प्रदान गरेका हुन्।
यसअघि नेपाल टेलिकमले पनि पारसलाई एक वर्षकाे लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेकाे थियाे।