काठमाडौँ, २९ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरीको १७८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन। कर्तव्य पालनाका लागि हो। कुनै गुनासो नआउने गरी काम गर्नुहोस्, जनताको काम गर्नु प्रहरीको पहिलो कर्तव्य हो।’
प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन, मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिएका छन्। ओलीले भने, नेपाल सरकारले कोसेली र चाकडीको अपेक्षा गर्दैन।
कार्यक्रममा आधारभूत तालिम पूरा गरेका ९५ जना प्रहरी निरीक्षकले पद तथा गोपनीयताको सपथ लिएका थिए ।