एजेन्सी– युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलाेना र इटालियन क्लब नेपोली भिड्दैछन्। नेपोलीकाे घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार मंगलबार राति १ः४५ बजे शुरू हुनेछ।
च्याम्पियन्स लिगमा यी दुइ टाेली पहिलाे पटक एकअर्काविरूद्ध खेल्न लागेका हुन्। ला लिगाकाे लिग लिडर बार्सिलाेना अवे मैदानमा जित निकाल्दै च्याम्पियन्स लिगकाे उपाधि यात्रा दमदार बनाउने दाउमा छ। उता घरेलु मैदानमा बार्सिलाेनालाइ चुनाैति दिँदै नेपाेली पनि जित दर्ता गर्ने लक्ष्यमा रहेकाे छ। पछिल्ला खेलहरूमा राम्राे प्रदर्शन गरेकाे नेपाेलीकाे मनाेबल उच्च रहेकाे छ।
प्रशिक्षक परिवर्तनसँगै केही खेलहरूमा शानदार प्रदर्शन गरेकाे बार्सिलाेना नेपाेलीविरूद्ध सहज जित निकालने दाउमा छ। ला लिगाकाे पछिल्लाे खेलमा इबारविरूद्ध चार गाेल गरेका बार्सिलाेनाका कप्तान लियाेनल मेस्सी नेपाेलीकाे लागि टाउकाे दुखाइकाे विषय बन्नेछन्।
मेस्सीलाई राेक्नु नेपाेलीका डिफेन्डरकाे लागि ठूलाे चुनाैति मानिएकाे छ। अग्रपंक्तिमा मेस्सीलाई एन्टोइन ग्रिजम्यान र युवा प्रतिभा अन्सु फातीले साथ दिनेछन्। भर्खरै बार्सिलाेनाआएका मार्टिन ब्रेथवेइटले इबारिवरूद्ध राम्राे प्रदर्शन गरेका कारण नेपोलीविरुद्ध पनि मौका पाउने अनुमान गरिएकाे छ।