एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले ओमानका क्रिकेटर युसुफ अब्दुलरहिम अल बालुसीलाई ७ वर्षकाे प्रतिबन्ध लगाएकाे छ। आइसीसीले भ्रष्टाचार विरोधी नियम उलंघन गरेको भन्दै बलुसीलाई ७ वर्षको प्रतिबन्ध लगाएको हो।
दुवईमा सन् २०१९ मा भएको आइसीसी टी–२० क्वालिफायरमा बालुसीले भ्रष्टाचार विरोधी नियम उलंघन गरेका थिए। बालुसीले चार वटा नियम उल्लघंन गरेका थिए। आइसीसीका अनुसार उनले सबै आरोप स्वीकार गरेका छन्।
आइसीसीले उनलाई गत जनवरीमै निलम्बन गरेको थियो। त्यसपछि आइसीसीले थप अनुसन्धानबाट उनलाई ७ वर्षको प्रतिबन्ध लगाएको हो।