एजेन्सी– भिल्लारियलमाथि सहज जित निकाल्दै एट्लटिको मड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु टोलीले भिल्लारियलाई ३–१ ले हराउदै सेभियालाई पछि पार्दै ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको हो।
एट्लेटिकोले सेभियालाई गोल अन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो। एटेलेटिको र सेभियाको २५ खेलबाट समान ४३ अंक रहेको छ। यि दुई टोलीबीच १ गोलको अन्तर छ। भिल्लारियल ३८ अंक जोडेर सातौ स्थानमा छ। एट्लेटिको शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले तथा दोस्रो स्थानको रियाल म्याड्रिडसँग १० अंकले पछि छ।
वान्डा मेट्रोपोलिटानोमा आइतबार राती भएको खेलमा घरेलु टोलीको जितमा एन्जेल कोरेरा, कोकी र जोओ फेलिक्सले गोल गरे। भिल्लाका पाको अल्कासेरले गरेको गोल सान्त्वना बन्यो। एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्ट्याएर महत्वपुर्ण ३ अंक जोड्न सफल भएको हो।
१६ मिनेटमा पाको अल्कासेरले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा एन्जल कोरेराले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए। ६४औं मिनेटमा कप्तान कोकीले कोरेराको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए। ७४औं मिनेटमा जोओ फेलिक्सले कोकीको पासमा गोल गर्दै एट्लेटिकोको जित पक्का गरे।
अन्य नतिजा
ओसासुनाविरुद्ध ग्रानडा (०–३)
डिर्पो्टिभो अलाभेसविरुद्ध एथ्लेटिको बिल्वाओ (२–१)
रियल भालाडोलिडविरुद्ध इस्पान्योल (२–१)
गेटाफेविरुद्ध सेभिया (०–३)