काठमाडौं– चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि पत्रकार ऋषि धमला र उनकी पत्नी अभिनेत्री एलिसा गौतमले आर्थिक सहयोग गरेका छन्। धमला दम्पतिले रंगशालाको लागि ३ लाख रुपैयाँ सहयोग गरेका हुन्।
उनीहरुले उक्त रकम रंगशाला निर्माणमा लागिरहेको सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेका छन्। धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाटै नै उक्त रंगशाला बनाइरहेकाे छ।
रंगशाला निर्माणमा थप सहयोग पु¥याउने उद्धेश्यले धुर्मुस–सुन्तलीले ‘सेन्टी भाइरस’ फिल्मसमेत बनाएका छन्। उक्त फिल्मले कमाएको नाफाको ५० प्रतिशत रकम स्वतः क्रिकेट रंगशालालाई जानेछ। उक्त फिल्मले अहिले आक्रामक व्यापार गरिरहेको छ।