काठमाडाैं– रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै सानमिगल मछिन्द्र क्लबले सताक्षी गोल्ड कपको उपाधि जितेकाे छ। ए डिभिजन लिग च्याम्पियन मछिन्द्रलाई उपाधि दिलाउन एकमात्र गाेल विमल घर्ती मगरले गरेका थिए।
मछिन्द्रकाे लागि विमलले खेलकाे तेस्रो मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका थिए। अशोक खवासले सोनी डि लाई पेनाल्टी एसयिामा लडाएपछि मछिन्द्रले पेनाल्टीको अवस्था पाएको थियो।
त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको थियो। उता थ्री स्टार भने आयोजक टोलीलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो।