एजेन्सी– भारतविरुद्ध र न्युजिल्याण्डबिचकाे टेष्ट सिरीजको पहिलो खेलकाे तेस्राे दिन समाप्त भएकाे छ। तेस्राे दिनकाे खेल सकिँदा न्युजिल्याण्डले भारतविरुद्ध ३९ रनको अग्रता बनाएको छ।
टेष्ट सिरीजको पहिलो खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६८.१ ओभरमा अलआउट हुँदै १ सय ६५ रन बनाएको थियो। उसको लागि अजिङेगा राहनेले सर्वाधिक ४६ रन बनाए भने मयङ्क अग्रवालले ३४ रनको योगदान दिए।
त्यस्तै मोहम्मद सामीले २१, पृथ्वी शावले १६ रन बनाउँदा अन्य खेलाडीको राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले र केल ज्यामिसनले समान ४–४ विकेट लिए भने ट्रेन्ट बउल्टले एक विकेट लिए।
त्यसपछि ब्याटिङमा आएको न्युजिल्याण्डले आफ्नो पहिलो इनिङमा १००.२ ओभरमा अलआउट हुँदै ३ सय ४८ रन बनायो। उसको लागि कप्तान केन विलियमसनले ८९ रनको पारी खेले भने रोस टेलर र केल ज्यामिसनले समान ४४ रनको योगदान दिए। त्यस्तै कोलिन डि ग्रान्धोम्मिले ४३, ट्रेन्ट बउल्टले ३८, टोम ब्लुन्डेलले ३० रन बनाए।
भारतको बलिङमा इशान्त शर्माले ५ विकेट लिँदा रविचन्द्रन आश्विनले ३ विकेट लिए। जसप्रित बुम्राह र मोहम्मद शामीले समान एक एक विकेट लिए। पहिलो इनिङको खेल सकिँदा भारत १ सय ८३ रनले पछि परेको थियो।
आफ्नो दोस्रो इनिङ ब्याटिङ गरिरहेको भारतले ६५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको छ। भारतको दोस्रो इनिङमा मयङ्क अग्रवाल बाहेक अन्य ब्याट्सम्यानले आशासित प्रदर्शन गर्न सकिरहेका छैनन्।
ओपनर पृथ्वी शावले १४ रन मात्र बनाउन सके भने कप्तान कोहली १९ रनमा पवेलियन फर्किए। चेतेश्वर पुजाराले ११ रन बनाए। अजिङ्गा राहने २५ रन तथा हनुमा विहारी १५ रन बनाएर खेलिरहेका छन्।