एजेन्सी– स्पेनिस ला लिगा फुटबलकाे २५ औं चरणकाे खेलमा एइबारविरूद्ध बार्सिलाेनाले शानदार जित निकालेकाे छ। कप्तान लियाेनल मेस्सीकाे शनसनीपूर्ण प्रदर्शनमा बार्सिलाेनाले एइबारलाइ ५–० गाेलले पराजित गरेकाे हाे।
बार्सिलाेनाकाे जितमा कप्तान मेस्सीले ४ गाेल गरे भने आर्थरले एक गाेल गरेका थिए। घरेलु मैदानमा भएकाे खेलकाे १४ औं मिनेटमा बार्सिलाेनाले सुरूवाती अग्रता बनाएकाे थियाे। उसकाे लागि इभान राकिटिचको पासमा मेस्सीले गाेल गरेका थिए। ३७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दाेस्राे गाेल गर्दै घरेलु टाेलीकाे अग्रता दाेब्बर बनाए।
मैदानमा प्रभावशाली प्रदर्शन गरिरहेका मेस्सीले ४० औं मिनेटमा ह्याट्रिक गर्दा बार्सिलाेनाले ३–० गाेलकाे अग्रता बनायाे। त्यस्तै दोस्रो हाफको ८७ औं मिनेटमा मेस्सीले मार्टिन ब्रेथवेटको पासमा चाैथाे गाेल गरे भने त्यसलगत्तै आर्थरले गोल थप्दै बार्सिलाेनाकाे फराकिलाे जित पक्का गरे।
जितसँगै बार्सिलाेना ला लिगाकाे शीर्षस्थानमा रहेकाे छ। बार्सिलोनाले २५ खेलमा ५५ अंक जोडेको छ भने लेभान्तेसँग पराजित रियल मड्रिड समान खेलबाट ५३ अंक जाेड्दै दाेस्राे स्थानमा छ।