काठमाडौं– आइटिएफ जुनियर डेविस कपमा भाग लिन नेपाली लनटेनिस टोली आज इन्डोनेसियातर्फ प्रस्थान गरेको छ। राजधानी जकार्तामा शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालका छ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
फागुन १७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा तीन पुरुष तथा तीन महिला खेलाडीको सहभागिता रहनेछ। इन्डोनेसिया प्रस्थान गर्ने खेलाडीमा प्रसिद्ध मोक्तान, निहालजङ्गबहादुर थापा, निश्चल कायस्थ, सरिस्ता राई, रायना शाह र इशाश्री शाह छन्।
प्रशिक्षक कृष्णराज घले भने यसअघि जकार्ता प्रस्थान गरिसकेका छन्। पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस सङ्घका महासचिव मनोहरदास मुलले जानकारी दिए।