एजेन्सी– आइसीसी महिला टी–२० विश्वकप क्रिकेटअन्तर्गको पहिलाे खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा भारतले अस्ट्रेलियालाई १७ रनले हराएको हो।
भारतले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १५ रनमात्र बनायो। अस्ट्रेलियाको लागि अल्यस्सा हेएलीले सर्वाधिक ५१ रन बनाइन् भने अश्लेइघ गार्डनरले ३४ रनको योगदान दिइन्। अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ भारतकी पुनम यादवले ४ विकेट लिइन् भने शिखा पाण्डेले ३ विकेट हात पारिन्। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३२ रन बनायो।
भारतको पारीमा दीप्ती शर्माले अविजित ४९ रन जोडेकी थिइन्। त्यस्तै शफली बर्माले २९ रन, जेमीमाह रोड्रिगुसले २६ रन बनाइन्।अस्ट्रेलियाको बलिङमा जेस जोनसेनले २ विकेट, इल्यासे पेरी र डेलिसा किम्मिन्सले समान एक एक विकेट लिएकी थिइन्।