एजेन्सी– पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले क्रिकेटर उमार अक्मललाई निलम्बन गरेको छ। दुराचार गरेको आरोपमा अक्मललाई निलम्बन गरिएको हाे।
पीसीबीका अनुसार उनीविरुद्ध भ्रष्टाचार मुद्धामा छानबिन भइरहेकाेले अक्मलले क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन पाउने छैनन्। पीसीबीले अहिले अनुसन्धान भइरहेकाले थप केही भन्न नमिल्ने बताएको छ।