एजेन्सी– न्युजिल्याण्डका क्रिकेटर रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्। भारतविरूद्धकाे टेष्ट सिरीजकाे पहिलाे खेलमा सहभागि भएसँगै उनी आईसीसीको तीनवटै फर्म्याटमा १०० खेल खेल्ने पहिलो खेलाडी बनेका छन्।
टेलर टेष्ट, एकदिवसीय र अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रत्येकमा सय खेल पूरा गरेका छन्। भारतविरूद्धकाे टेष्ट उनको एक सयौँ टेष्ट क्रिकेट खेल हो। सयौँ टेष्ट खेलमा न्युजिल्याण्डले पहिले फिल्डिङ गर्दा टेलररले भारतीय कप्तान विराट कोहलीको क्याच समेत लिए।
न्युजिल्याण्डका लागि भने टेष्टमा १०० खेल खेल्ने उनी चौथो खेलाडी हुन्। यसअघि स्टेफेन प्लेमिङ, ड्यानिएल भेटोरी र ब्रेण्डन म्याकुलमले टेष्टमा १०० खेल खेलिसकेका छन्। यसअघि उनले एकदिवसीयमा २३१ खेल खेलिसकेका छन् भने टी–२० मा पनि १०० खेल खेलिसकेका छन्।