एजेन्सी– पोर्चुगिज युवा फरवार्ड डियागो जोटाको ह्याट्रिक मद्दतमा इंग्लिस क्लब वल्भ्सले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा फराकिलो जित निकालेको छ।
घरेलु मैदानमा बिहीबार राति भएको खेलमा वल्भ्सले स्पेनिस क्लब इस्पान्योलमाथि ४–० को सानदार जित निकालेको हो। फराकिलो जितसँगै वल्भ्सले युरोपा लिगको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएके छ। २७ फेब्रुअरीमा हुने दोस्रो लेगमा बराबरी नै वल्भ्सको लागि अर्काे चरण पुग्न पर्याप्त हुनेछ। इस्पान्योललाई अर्काे चरण पुग्न कम्तीमा पनि ५–० को जित आवश्यक छ।

वल्भरह्याम्पटन वेस्ट मिडल्यान्डमा भएको खेलमा अर्काे एक गो रुवेन नेभेसले गरेका थिए। घरेलु टोलीले खेलको १५औं मिनेटमा जोटाको गोलबाट अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको वल्भ्सले दोस्रो हाफमा ३ गोल थप्न सफल भयो।
५२औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै अग्रता दोब्बर पारे। ६७औं मिनेटमा जोटाले माट दोअर्थीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै वल्भ्सलाई फराकिलो जिततर्फ अग्रसर गराए। ८१औं मिनेटमा जोटाले ह्याट्रिक पुरा गर्दै वल्भ्सलाई ४–० को फराकिलो जित दिलाए। उनले जोओ मोउटिन्होको पासमा गोल गरेका थिए।
जोटाले यसअघि युरोपा लिगको समूह चरणमा बेसिक्टासविरुद्ध पनि ह्याट्रिक पुरा गरेका थिए। उनले युरोपा लिगमा ११ खेलमा ९ गोल गरिसकेका छन्।
अन्य नतिजा
क्लब ब्रगविरुद्ध म्यानचेस्टर युनाइटेड (१–१)
फ्रन्कफर्ट्विरुद्ध साल्जवर्ग (४–१)
एफसी कोवेनहेनविरुद्ध सेल्टिक (१–१)
गेटाफेविरुद्ध आयाक्स (२–०)
लुडोगोरेट्सविरुद्ध इन्टर मिलान (०–२)
साख्तर डोनेक्सविरुद्ध बेन्फिका (२–१)
स्पोर्टिङ लिस्वनविरुद्ध इस्तानुवुल (३–१)
सिएफआर क्लजविरुद्ध सेभिया (१–१)
अपोइल निकोसियाविरुद्ध बसेल (०–३)
एजेट अल्कामारविरुद्ध लास्क (१–१)
बायर लिभरकुसेनविरुद्ध एफसी पोर्टाे (२–१)
ओलम्पियाकोसविरुद्ध आर्सनल (०–१)
रेन्जर्स्विरुद्ध ब्रागा (३–२)
रोमाविरुद्ध जेन्ट (१–०)
वल्सवर्ग्विरुद्ध माल्मो (२–१)