धनगढी– धनगढी उपमहानगरपालिकाका सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षणलाई अनिवार्य गरिने भएको छ।
उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदीप थापाबीच तेक्वान्दो खेललाई विद्यालयमा अनिवार्य गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको विकासको लागि कोरियाको तेक्वान्दो प्रमोशन फाउण्डेशनले इच्छा व्यक्त गर्दै सहयोग पनि पुर्याउन लागेकाले विद्यालय तहमा तेक्वान्दो अनिवार्य गर्न पहल गरिएको उपमहानगरपालिकाका प्रमुख वडाले जानकारी दिएका छन्।
हालै नगरप्रमुख वड, नेपाल तेक्वान्दो सङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रदीप थापा, धनगढी क्रिकेट ऐकेडेमीका अध्यक्ष सुवाष शाही र कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष मोहित शाह कोरिया भ्रमणमा गरेका थिए। रासस