एजेन्सी– भारतमा विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला निर्माण भएको छ। गुजरात राज्यको अहमदाबादको मोटेरामा बनेको रंगशालाको अन्तिम चरणको काम लगभग सकिएको छ।
उक्त रंगशालाको उद्घाटन केहि समयमै हुने भएको छ। गुजरात क्रिकेट एसोसिएसनको अनुसार उक्त रंगशालाको उद्घाटन २४ फेब्रुअरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त रुपमा गर्ने भएका छन्।
एक लाख दस हजार दर्शक क्षमता भएको मोटेरा स्टेडियमको उद्घाटन विश्वका दुई शक्तिशाली व्यक्तिबाट हुने भएकोले भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) पनि उत्साहित भएको छ। बीसीसीआइले आफ्नो औपचारिक ट्वीटर अकाउण्टबाट रंगशालाको एरियल भ्युको दृश्यहरु सार्वजनिक गरेको छ।