एजेन्सी– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले मैदान भित्र त कीर्तिमान बनाउँछन नै तर अब उनले मैदान बाहिर पनि कीर्तिमान बनाएका छन्।
उनलाई इन्स्टग्राममा ५० मिलिनियन ‘फलोअर्स’ कमाउने पहिलो सेलिब्रेटी बनेका छन्। इन्स्टाग्राम ‘फलोअर्स’को प्रतिस्पर्धामा विराट कोहलीले बलिउड अभिनेत्री प्रियंका चोपडालाई पछि पारेका छन्। प्रियंकाको इन्स्टाग्राममा ४९.९ मिलियन ‘फलोअर्स’ छन्।
२०२० को सुरुवातमा प्रियंका इन्स्टाग्रामको ‘फलोअर्स’ मामलामा विराट भन्दा अगाडि थिए। भारतको इन्सटाग्रामको टप–१० को सुचिमा पर्ने एक मात्र क्रिकेटर विराट कोहली हुन्।
विराटको ५० मिलियन फलोअर्स पुग्दा भारतीय टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनिको इन्स्टाग्राममा २०.१ मिलियन फलोअर्स छ। विराटले अहिलेसम्म इन्स्टाग्राममा ९३० सामग्री पोष्ट गरेका छन्। उनले इन्स्टाग्राममा १४८ जनालाई मात्र ‘फलो’ गरेका छन्।
यता अभिनेत्री प्रियंका चोपडाले भने इन्स्टाग्राममा ३ हजार ५६ सामग्री पोष्ट गरेका छन्। उनले ५०५ जनालाई ‘फलो’ गरेकी छिन्। वर्तामान समयमा इन्स्टाग्राममा सर्बाधिक ‘फलोअर्स’ भएका व्यक्ति चर्चित फुटबलर क्रिस्टियानाे रोनाल्डो छन्। इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स २०३ मिलियन छन्।