एजेन्सी– दक्षिण अफ्रिका क्रिकेट टोलिका कप्तान फाफ डुप्लेसिसले कप्तानी छोड्ने घोषणा गरेका छन्। विस्फोटक ब्याट्सम्यान डुप्लेसिसले तीनै फर्म्याटकाे क्रिकेटको कप्तानबाट राजिनामा दिएकाे बताइएकाे छ।
दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले उक्त कुराको पुष्टि गरेको छ। क्रिकेट साउथ अफ्रिकाले आफ्नो आधिकारीक ट्विटरमार्फत डुप्लेसिसले कप्तानको रुपमा नयाँ खेलाडीलाई अवसर दिनको लागि भन्दै राजिनामा दिएको जनाएको छ।
यससँगै नयाँ कप्तान को बन्ला भन्ने चर्चा शुरु भएको छ।