एजेन्सी– अस्ट्रेलियामा रहेका नेपालीबिच चेस तथा बाघ चाल प्रतियोगिता हुने भएको छ। आयोजक चेस इन एडिलेडका अनुसार मार्च १४ देखि अस्ट्रेलियाको एडिलेडमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ।
बौद्धिक खेलका रुपमा चिनिने चेस तथा बाघ चालले अस्ट्रेलियामा रहेका नेपालीको बौद्धिक क्षमता वृद्धि गर्ने संयोजक सुपक अधिकारीले बताएका छन्। यो नै अस्ट्रेलियामा रहेका नेपालीको लागि तय गरिएको पहिलो बाघ चाल प्रतियोगिता हो।
आयोजकका अनुसार खेल परम्परागत नेपाली शैलाीमा खेलाइने छ। प्रतियोगितामा विजयी हुनेलाई कप मेडल सहित प्रमाणपत्र दिइने छ। प्रतियोगितामा ५० जनाभन्दा बढीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ।