एजेन्सी– दक्षिण अफ्रिकाको भ्रमणमा रहेकाे इंल्याण्ड र दक्षिण अफ्रिकाबिच आइतबार टी–२० क्रिकेट सिरीजको अन्तिम तथा निर्णायक खेल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे शुरु हुनेछ।
इंल्याण्ड र दक्षिण अफ्रिकाबिच यो खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। सिरीजको पहिलो र दोस्रो खेलको नजिताका कारण पनि तेस्रो खेललाई निकै महत्वका साथ हेरिएको छ।
टी–२० सिरीजको पहिलो खेलमा दक्षिण अफ्रिकाबिचले इंल्याण्डविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो। १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन मात्र बनाउन सक्यो।
तर दोस्रो खेल पनि पहिलो खेलजस्तै हेर्नलायक बन्यो। दोस्रो खेलमा इंल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध २ रनको जित निकाल्न सफल भयो। पहिले ब्याटिङ गरेको इंल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो। २ सय ५ रनको विजय लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २ बनायो।
दुई देशबिचको टी–२० सिरीजमा को हाबी होला भन्ने कुराको अनुमान लगाउन मुश्किल नै छ। सिरीजको पहिलो र दोस्रो खेलमा दुई टिमले एक अर्काविरुद्ध निकालेको झिनो तथा रोमाञ्चक जितले पनि तेस्रो खेललाई थप हेर्नलायक बनाएको छ।