एजेन्सी– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को खेल तालिका सार्वजनिक भएको छ। मार्च २९ देखि शुरु हुने आइपीएल मे २७ सम्म चल्नेछ।
शनिबार राति सार्वजनिक गरिएको खेल तालिकाअनुसार पहिलो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। आइपीएलका खेलहरु अघिल्लो संस्करणकै समयका हुनेछन्। २ खेल हुने दिनमा पहिलो म्याच दिउँसो ४ र दोस्रो म्याच राति ८ बजे सुरु हुने छन्।
आइपीएलमा चेन्नई सुपरकिङ्स, मुम्बई इण्डियन, राजस्थान रोयल, दिल्ली क्यापिटल, रोयल च्यालेन्जर्स बैग्लोर, सनराई हैदरावाद, किङ्स इलाभेन पञ्जाव र कोलकाता नाइट राइडर्स रहेका छन्।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले पहिलो खेल ३० मार्चमा किंग्स इलावेन पन्जावसँग खेल्नेछ। दिल्लीको अरु खेल ३ अप्रिल, ५ अप्रिल, १० अप्रिल, १३ अप्रिल, १९ अप्रिल, २२ अप्रिल, २६ अप्रिल, १ मे, ३ मे, ६ मे, १० मे र १३ मे मा रहेको छ।
खेल तालिकाः
