काठमाडौँ, २८ माघ – पशुपति क्षेत्र विकाश कोषले नियमित सरसफाई र पानीको सुविधा दिन नसक्दा पशुपतिस्थित किरियापुत्री सेवा केन्द्रमा किरिया बस्नेहरुलाई सकस भएको छ। कोष र सेवा केन्द्रले सरसफाई नगर्दा किरिया बस्न गाह्रो भएको किरियापुत्रीको गुनासो रहेको समाचार आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ।
जहाँतहि फोहोर फालिएको छ भने कोठाहरु पनि साह्रै फोहोर छन्। त्यसमाथि बाँदरबाट बच्न कठिन हुदा बाँहिरसमेत ढुक्कले बस्न सकिने अवस्था छैन्। किरियापुत्री भवनभित्र भित्र दुईवटा पोखरी छन्। पोखरी सरसफाई नगर्दा पोखरीमा समेत दुर्गन्ध फैलिएको छ।
नागरिक दैनिकका अनुसार पशुपति मन्दिर परिसरमा पनि फोहोर थुप्रिन थालेको छ।