काठमाडाैं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिका विभागीय त्रिभुवन आर्मी र मछिन्द्र क्लबबिच प्रतिस्पर्धा भइरहेकाे छ।
पहिलाे पटक उपाधि जित्ने लक्ष्यका साथ दुबै टाेली मैदान उत्रिएका छन्। खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीमा मुख्य प्रशिक्षक र कप्तानले उपाधि आफुहरुले जित्ने दाबी गरेका थिए। शनिबारको खेलमा आर्मीले उपाधि जित्न बराबरी मात्र गरे पुग्नेछ भने मछिन्द्रले जित्नैपर्नेछ।
१२ खेलको समाप्तीमा आर्मीको २९ अंक पुगेको छ भने दोस्रो स्थानमा झरेको मछिन्द्रको २८ अंक छ। १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछी छ। गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो।
उत्कृष्ट लयमा रहेका दुइ टिमबिचकाे उपाधि भिडन्त राेमाञ्चकसँगै प्रतिस्पर्धात्मक भइरहकाे छ। लाइभ लिङ्कः https://the-anfa.com/anfatv