काठमाडौँ, २८ माघ – राधानीबाट प्रकाशित हुने मुलधारका सबै पत्र पत्रिकाहरुले पर्साको वीरगञ्ज स्थित वीपि उद्यानलाई प्रदेश नम्बर २ को सरकारले सहिद स्मृति पार्क बनाउन लागेकोमा कांग्रेसको आपत्ति रहेको समाचार छापेका छन् ।
प्रदेश नम्बर २ को सरकारले वीपी उद्यानलाई जबरजस्ति परिवर्तन गरी सहिद स्मृति पार्क बनाउन लागेको विषयलाई नियतबस गरिएको वीपि नाम प्रतिको अवहेलनाको गम्भिर दुस्साहस भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
उक्त निर्णय खारेज नभए कांग्रेसले तत्कालै संदनदेखि सडकसम्म दबाब सिर्जना गर्ने चेतावनि दिएको समाचार प्राय सबै पत्रिकाहरुले छापेकाछन् ।